खाेज्नुहाेस

नेपाल मानवतावादी पार्टीको कैलाली अध्यक्षमा अङ्गद विक चयन

Image

अत्तरिया – नेपाल मानवतावादी पार्टीको कैलाली जिल्ला अध्यक्षमा अङ्गद विक चयन भएका छन । शनिबार पार्टीको अत्तरियामा बसेको प्रथम जिल्ला भेलाबाट विकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।
भेलाले कमिटीको उपाध्यक्षमा शिला पार्की, कैले टमटा, तिलक पञ्चकोटी, करी ढोलीलाई चयन गरेको छ । त्यस्ते कोषाध्यक्षमा शान्ती शिलाल, सचिवमा रुप कोली, सह–सचिवमा दिल बहादुर दमाई, शेर बहादुर सिह र सचेतकमा डम्बरी बिक चयन भएका छन ।

add everest academy
attariya hospital
navjiwan hospital

भेलाबाट ११ जना सदस्यमा चयन भएका छन । जसमा लाल बहादुर पार्की, मोहन परियार, कटे कामी, खिना देवी कामी, भीम दमाई, तुलसी कँडारा, कमला देवी सुनार, उदय कामी, जय बहादुर पार्की, प्रेम कामी र राम बहादुर पार्की चयन भएका छन ।

नेपाल मानवतावादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष बाजी विकको अध्यक्षतामा भएको भेलामा नेपाल मानवतावादी पार्टीका केन्द्रिय अध्यक्ष मेघ बहादुर कामी प्रमुख अतिथि रहेका थिए । अध्यक्ष कामीले सुदूरपश्चिमका जिल्लाहरुमा कमिटी गठन गरेर प्रदेश अधिवेसन गरिने बताएका छन् । सुदूरपश्चिममा पहिलो पटक पार्टीले जिल्ला कमिटी गठन गरेको हो ।

नेपाल मानवतावादी पार्टी २०६९ सालमा स्थापना भएको थियो । हाल पार्टीले देशैभरी संगठन विस्तार गरिरहेको छ ।

attariya technical collage