खाेज्नुहाेस

नामिबियामा पहिलो महिला राष्ट्रपति निर्वाचित

Image
navjiwan hospital

एजेन्सी- अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला भएको बीबीसीले जनाएको छ ।

यसअघि उनले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएक िथिइन् । उनी सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसन स्वापोको सदस्य हुन् । राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी मत ल्याउँदा प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याएका छन् ।

attariya hospital