खाेज्नुहाेस

उत्तर कोरियाद्वारा क्लस्टर बमयुक्त मिसाइलको परीक्षण

Image

काठमाडौं – उत्तर कोरियाले क्लस्टर बमयुक्त वारहेड जडान गरिएको ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी ‘केसीएनए’ले यस परीक्षणको जानकारी दिएको हो ।

केसीएनएद्वारा जारी गरिएका तस्बिरहरूमा उत्तर कोरियाली नेता किम जोङ उन र उनकी छोरी मिसाइल परीक्षण अवलोकन गरिरहेको देखिएका छन् ।

attariya hospital
navjiwan hospital

यो यस महिनाको चौथो र यस वर्षको सातौँ ब्यालिस्टिक मिसाइल परीक्षण हो । उत्तर कोरियाले आइतबार पाँचवटा कम दूरीका ब्यालिस्टिक मिसाइलहरूको परीक्षण गरेको समाचार एजेन्सी ‘रोयटर्स’ले जनाएको छ ।

यी मिसाइलहरूलाई करिब १३५ किलोमिटर टाढा रहेको लक्ष्यतर्फ प्रक्षेपण गरिएको थियो । यो परीक्षणको मुख्य उद्देश्य क्लस्टर बमयुक्त वारहेडहरूको शक्ति र तिनको कार्यक्षमता जाँच गर्नु थियो । किम जोङ उनले परीक्षणको नतिजाप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लंघन गर्दै आफ्नो मिसाइल र आणविक क्षमता विस्तार गर्ने प्रयास जारी राखेको छ । दक्षिण कोरियाले यी मिसाइल परीक्षणहरूको कडा निन्दा गर्दै उत्तर कोरियालाई यस्ता उत्तेजक गतिविधिहरू रोक्न आग्रह गरेको छ ।