खाेज्नुहाेस

बेपत्ता युवकको शव फेला

Image

डोटी– डोटीस्थित सेती नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । नुहाउने क्रममा बगेर बेपत्ता भएका युवकको चार दिनपछि शव फेला परेको हो ।

navjiwan hospital

दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा मंगलबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ घर भई हाल सोही ठाउँमा रहेको क्रसर उद्योगमा काम गर्दै आएका २२ वर्षीय दीपक बोहराको शव शुक्रबार फेला परेको हो ।

attariya hospital

शुक्रबार बिहान जिल्लाको के आईसिँह गाउँपालिका वडा नम्बर ५ स्थित सेती नदिको बिच भागमा मृत अवस्था फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सशस्त्र प्रहरीको ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीबाट खटिएको गोता खोर टिमले शवलाई निकालेको हो ।

सेती नदिमा बगेर बेपत्ता रहेका उनको खोजी कार्यमा सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रेवाट विपद् उद्धार टिम,नेपाल प्रहरी लगायतकाले खोजी कार्य गरेका थिए । मृतक बोहरा सिएबी दुनिला क्रसर उद्योगमा कार्यरत थिए ।