खाेज्नुहाेस

बैतडीमा भरुवा बन्दुक पड्किएर घाइते भएका वडा सदस्यको मृत्यु

Image

बैतडी – आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भएका बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दान बहादुर ऐरीको मृत्यु भएको छ।

navjiwan hospital

उपचारका क्रममा धनगढीमा शुक्रबार उनको निधन भएको हो। बुधबार राति घरमा आफैँले भरेको बन्दुक चलाउने क्रममा छर्रा लागेर ४५ वर्षीय ऐरी गम्भीर घाइते भएका थिए।

attariya hospital

उनलाई सोही राति जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढी ल्याइएको थियो।

प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।