कञ्चनपुर – कञ्चनपुरमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन । बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको उनकी श्रीमती ४३ वर्षीया जनककुमारी रानाले हत्या गरेकी हुन ।
विहिबार विहान भएको उक्त घटनामा यसअघि सियारामको ट्वाइलेटमा चिप्लेर मृत्यु भएको भनिएको थियो ।


प्रहरीले अनुसन्धान गर्दा सियारामको ट्वाइलेटमा चिप्लेर नभइ सुतिरहेको अवस्थामा श्रीमतले इटा प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोका लगायत स्थानमा रगतका छिटा देखिएपछि मृतककी श्रीमती सँग सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट प्रहरीले रगत लागेको इँटा, रगत लागेको मोबाइल, रगत लागेको महिला र पुरुषका कपडाहरु बरामद गरेको जनाएको छ ।