एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको बताएका छन् । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
रुसले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएको छ । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको र यसले क्षति पुर्याउँदा १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको खबरमा उल्लेख छ । विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले झण्डै तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूदको प्रयोग गरेका छन् ।
सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध शुरू गरेयता युक्रेनमा विस्फोटक युद्ध सामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अरु धेरै घाइते भएका छन् ।