खाेज्नुहाेस

बैतडीमा बालिकामाथि जबरजस्ती करणी प्रयास, एक युवक पक्राउ

Image

अत्तरिया- बैतडीमा बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेलौली नगरपालिका-७ का २४ वर्षीय रोशन सिंह रावत रहेका छन् ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार १३ वर्षीया बालिकामाथि रावतले जबरजस्तीकरणी गर्न खोजेको आरोप छ । बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा रावतलाई आतबार नै पक्राउ गरिएको छ ।

attariya hospital

उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।