२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका २८ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

maya metro hospital

केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रधान कार्यालयको कानुन शाखाले  सूचना निकालेको छ ।

७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

attariya hospital

113

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.