
अत्तरिया – कैलालीको गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । गोदावरी नगरपालिका – ४ खैराना सामुदायिक वनबाट लागू औषध खैरो हेरोईन सहित गोदावरी नगरपालिका – ७ का २३ वर्षीय जगत कठायत पक्राउ परेका हुन ।
लागू औषधको कारोबार भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंकास्पद तरिकाले बसेको अवस्थामा कठायतलाई पक्राउ गरेको थियाे । उनको साथबाट १२० मिलिग्राम लागू औषध खैरो हेरोईन सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
