खाेज्नुहाेस

गोदावरीमा कृषि केन्द्र निर्माण

Image

अत्तरिया – कैलालीको अत्तरियामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तरगत आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले २ करोड ६ लाख ८५ हजारको लागतमा अत्तरियामा भवन निर्माण गरेको हो ।

आर्थिक कोरिडोर कार्यालय डडेल्धुराका कृषि अधिकृत डा. सुशन ढकालले भवन निर्माणको काम सकिएको भए पनि भवनमा आवश्यक ल्याबका उपकरण खरिद गर्न वाकी रहेको बताए । उनले आवश्यक सामाग्री खरिद गरेर गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

attariya hospital

‘हामीले आवश्यक ल्याबका सामान पनि उपलब्ध गराउँन्छौ । ल्याब सञ्चालनका लागि प्राविधिकहरूलाई ट्रेनिङ पनि हामीले उपलब्ध गराउँछौ’ उनले भने ‘तालिम दिएपछि यसको सञ्चालन स्थानीय तहका कर्मचारीहरूले नै गर्नेछन् ।’ उनले ल्याबमा ब्याक्टेरियल कल्चर, माइक्रोस्केपीक टेस्ट, ब्लड टेस्ट लगायतका टेस्ट गरिने बताए । उनले हाल अधिकांश स्थानीय तहमा ल्याबको सुविधा नभएकाले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तरगत यसको सेवा विस्तार गर्न लागिएको बताए । उनले अबको २ महिना भित्रमा आवश्यक उपकरण जडान गरेर भवनबाट सेवा सुचारु गर्ने लक्ष्य लिइएको बताए । यसै भवनबाट गोदावरी नगरपालिकाबाट दिइने कृषि र पशुपन्छी शाखाका सम्पुण सेवा पनि दिइने जनाइएको छ ।

navjiwan hospital

विश्व बैङ्कको लागत सहयोगमा कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मार्फत सञ्चालनमा रहेको ग्रामीण तथा आर्थिक विकास आयोजना अन्तरगत सुदूरपश्चिमका १० वटा पालिकामा हाल भवन निर्माणको कार्यक्रम सञ्चालन रहेको छ । जसअन्तर्गत हाल सम्म दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र बैतडी पाटन नगरपालिकामा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रका भवन निर्माण सम्पन्न भएर सम्बन्धित पालिकालाई हस्तान्तरण गरिसकिएको कृषि अधिकृत ढकालले बताए ।

उनले अन्य ६ पालिकामा भवन निर्माणको काम जारी रहेको बताए । परियोजना अन्तरगत १० पालिकामा भवन बनिरहेका भएपनि हाल परियोजनाले १७ पालिकामा काम गरिरहेको छ । जसमा कैलालीको चुरे, गोदावरी, धनगढी, डोटीको जोरायल, डडेल्धुराको अजयमेरु, गन्यापधुरा, नवदुर्गा, आलिताल अमरगढी, बैतडीको सुर्नया, डिलासैनी, दोगडाकेदार, पाटन र दार्चुलाको दुहुँ, मालिकार्जुन, शैल्यशिखर र महाकाली रहेका छन ।

maya metro hospital

अत्तरियामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको २०८० भाद्र १३ गते गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । उक्त भवन नगरपालिकाको वडा नम्बर १ को कार्यालय नजिकै निर्माण गरिएको छ । उक्त भवन २०८१ असार मसान्तसम्म निर्माण कार्य सक्ने गरी काठमाण्डौको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता गरिएको थियो । केन्द्रमार्फत कृषि तथा पशुका कार्यक्रमहरू, बालीका कार्यक्रमहरू तथा किसानहरूसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

Karma Consultancy