दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

maya metro hospital

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् । केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३

अनुसारको कसुरमा अनुसन्धान गर्न उनलाई थप १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । उनी मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका थिए ।

attariya hospital

यसअघि असोज ६ मा पनि साइबर अपराध मुद्दामा पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.