कैलालीमा मलको कोटा सकियो

धनगढी – गहुँ छर्ने बेलामा कैलालीमा मलको कोटा सकिएको छ । मलको प्रमुख आपूर्तिकर्ता निकाय कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले यहाँको लागि छुट्याएको मलको कोटा सकिएको जनाएको हो ।

maya metro hospital

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले नेपालमा भित्रिने जम्मा मलको ९.७ प्रतिशत मल सुदूरपश्चिमको कोटा रहेको बताए । सो कोटा अनुसारको मलको आपूर्ति सकिएपछि थप मल आउन नसकेको बताए । बोगटीले भने, ‘कोटा अनुसारको हामीले २६१९ मेट्रिक टन मल वितरण गरिसकेका छौ । त्यही भएर थप मल नआउँदा किसानलाई पर्याप्त मात्रा नपुगेको हो । तर मङ्सिरको अन्तिमतिर आउन सक्छ ।’

मलको अर्को आपूर्तिकर्ता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि डीएपी र युरियाको मौज्दात शून्य छ । मौज्दात नभएपछि कर्पोरेसन धनगढीले डीएपी र युरिया मलको वैकल्पिक मल प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।

attariya hospital

कर्पोरेसन धनगढीका प्रमुख वासुदेव उपाध्यायले आफूहरूसँग यतिबेला एसएसपी (सिंगल सुपर फस्फेट र अल्मोनियम सल्फेट मात्रै रहेको बताए । प्रदेश सरकारको अनुदान रहेको बताउँदै प्रमुख उपाध्यायले डीएपी मलको विकल्पमा एसएसपी र युरिया मलको विकल्पमा अल्मोनियम सल्फेट प्रयोग गर्न किसानलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.