खाेज्नुहाेस

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ।

navjiwan hospital

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको हो। रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो चौथो पटक हो।

godawari nagarpalika dadhelo
attariya hospital

यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागु हुनेगरी १० दिन म्याद थप गरेको थियो।

कात्तिक २० गते थपिएको म्याद सकिएपछि आइतबार रविलाई अदालतमा उपस्थित गराइएको थियो। आइतबार न्यायाधीश नवराज दाहालको इजलासले १३ दिन म्याद थप गर्न आदेश दिएको अदालत श्रोतले जानकारी दिएको छ।