खाेज्नुहाेस

देशभरका सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान चलाइने

Image

काठमाडौँ- सरकारले हरेक हप्ता शुक्रबार देशैभरका सरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।

navjiwan hospital

डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रबार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गी फैलाउने लामखुट्टेको फैलावटमा मद्दत पुग्ने भएकाले त्यस्ता सबै ठाउँको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी सार्ने लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गरेका छन् ।