खाेज्नुहाेस

सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी

Image

कञ्चनपुर – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको बुधबार निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन ।

उनले सुक्खा बन्दरगाह निर्माणको लागि मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निमार्णको काम सुरु हुने बताए ।

attariya hospital

उनले छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्ने गरि काम अघि बढाइने बताए । सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय गरेको छ । जसमा एक हजार ७०२ रुख काटिने छन्  ।

सुख्खा बन्दरगाह निर्माणको लागि छ अर्ब लागत लाग्ने गरी डिपिआर तयार गरिएको छ । बन्दरगाहमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुनेछन ।