खाेज्नुहाेस

कैलाली-कञ्चनपुरमा अवैध सामान बरामद

Image
file photo

अत्तरिया- कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको हो ।

navjiwan hospital

शनिबार कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौहारा, भजनी नगरपालिका-३ कनैयापुर, भजनी-५ कुटी र कैलारी गाउँपालिका-७ रामपुर बसन्ताको जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख १९ हजार ३७५ मूल्यको सामान बरामद गरिएको छ ।

attariya hospital

प्याज, चिनी, आलु, साबुन, प्लाष्टिकका भाँडाहरु, बिडी, सुर्ती, कचौरा, मोबाइलका पार्टपुर्जा, पम्पको वासर, साइकलको ब्रेक तार लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी, शनिबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ बाँसखेडा र पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ९२ हजार १० मूल्यको चिनी, गुड, खानेतेल, हार्डवेयरका सामान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।