अत्तरिया- कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको गोदावरी र टीकापुरबाट गरी दुई जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वन मुद्दमा ४४ हजार २८८ रुपैयाँ जरिबाना तोकिएका गोदावरी नगरपालिका-२ बस्ने ५५ वर्षका पदमबहादुर जोरा र लागुऔषध मुद्दामा १ महिना कैद सजाय १५ हजार रुपैयाँ जरिबाना तोकिएका टीकापुर नगरपालिका-३ कटानपुर बस्ने १९ वर्षका समिर चौधरी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका उनीहरुलाई शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

















