
धनगढी – सुदूरपश्चिममा एक वर्षको अवधिमा २१ किलोमिटर सडक कालोपत्रे गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्त सम्ममा २१ किलोमिटर सडक कालोपत्रे गरेको हो । प्रदेश सरकारले सो अवधिमा २७५ किलोमिटर ग्राभेल सडक र २२० किलोमिटर कच्ची सडक निर्माण गरेको छ ।
प्रदेश सरकारले सडक निर्माणका थुप्रै योजना अगाडि बढाएको भएपनि ती सडकको निर्माण भने सुस्त छ । सरकाले चालु आर्थिक वर्षमा बझाङको साइपाल, बैतडीको सिगास र दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ।



















