कैलाली- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले कैलालीको टीकापुर विमानस्थलको दुबैतर्फको बाटो बन्द गराउन नगरपालिकालाई पत्राचार गरेको छ ।

टीकापुर विमानस्थल सञ्चालन गर्न पूर्ण रुपमा तयार रहेको उल्लेख गर्दै मन्त्रालयले विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुबैतर्फको बाटो बन्द गर्न टीकापुर नगरपालिकालाई पत्राचार गरेको हो ।



















