कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले १४ जना प्रहरीलाई पुरस्कृत गरेको छ । बुधबार ६९औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा कार्य सम्पादन मूल्यांकनका आधारमा १४ जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।

कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी गंगाबहादुर थापासहितका १० प्रहरीलाई पुरस्कृत गरिएको छ भने अन्य ४ जनालाई विभिन्न जिल्ला प्रहरी कार्यालयबाट सम्मान गरिएको छ । डीएसपी थापालाई नगदसहित मुख्यमन्त्री कमलबहादुर शाहले पुरस्कृत गरेका छन् ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु, प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक डबलबहादुर साउँद, प्रहरी सहायक निरीक्षक गंगबहादुर थापा, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दार राजेन्द्र विष्टलाई पनि पुरस्कृत गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक हवल्दार देवराममोर कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकायालाई पनि पुरस्कृत गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादन मूल्यांकनका आधारमा सर्वोकृष्ट तथा उत्कृष्ट कार्य गरे वापत प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरिएको जनाएको छ ।

















