
कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जना वडाध्यक्षलाई सम्मान गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका-८का वडाध्यक्ष महेशराज जोशीलाई बुधबार ५९औँ प्रहरी दिवसको अवसरमा सम्मान गरिएको हो ।
वडाध्यक्ष जोशीले सो वडाको गैलनदीमा अस्थायी प्रहरी चौकी स्थापनादेखि ग्रामीण भेगको शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रसहित सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले उनलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।




















