खाेज्नुहाेस

देशभर फैलिँदै डेङ्गी सङ्क्रमण

Image

काठमाडौँ- ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको जनाएको छ । महाशाखाले डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको जनाएको हो ।

navjiwan hospital

महाशाखाका अनुसार काठमाडौँमा ३ हजार १०३, कास्कीमा २ हजार ८४७, तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

attariya hospital

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको बताए । उनले अहिले अस्पतालमा डेङ्गीका बिरामी बढिरहेका र मनसुन सकिएपछिको अहिलेको अवस्थामा डेङ्गीको जोखिम अझ बढी हुने बताए ।