कैलालीमा दसैँको दिन भएका सवारी दुर्घटना १ जनाको मृत्यु, ८ घाइते

अत्तरिया – कैलालीमा दसैँ टीकाको दिन भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका – १३ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने सो सहित ४ ठाउँमा भएका सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका – १३ स्थित धनगढी एयरपोर्ट जाने मोड नजिक शनिवार दसैँको दिन कृष्णपुर नगरपालिका – कलुवापुरका ३५ वर्षीय गोविन्द झुकालले चलाएको सुपप्र ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६४ वर्षीय अकबर ठगुन्नाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठक्कर दिने मोटरसाइकलमा पछाडि बसेका तीन जना घाइते भएका छन् । पछाडि सवार वर्ष १२ की जेनिसा झुकाल, धनगढी बस्ने वर्ष ३२ की बसन्ती विष्ट र उहाँकी दुई वर्षीय छोरी शिवानी विष्टलाई चोट लागेको थियो ।

attariya hospital

यसै गरी गोदावरी नगरपालिका –१ स्थित मनेहरा पुलनजिक से ५ प ९७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक घाइते भएका छन् । दुर्घटनामा चालक सुमन चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

शनिवार नै धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय शिवलाल रानाले चलाएको सुप प्र ०१००९ प ९४७४ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिँदा पछाडि सवार ३० वर्षीय जीवन राना घाइते भएका छन् ।

यसै गरी धनगढीबाट फूलबारीतर्फ गइरहेको सुप प्र ०००८ प ९७३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको सुप प्र ०१००१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

मोटरसाइकल चालक २३ वर्षीय विक्रम दहित, पछाडि सवार १७ वर्षीय विशेष चौधरी र अटो चालक ४० वर्षीय बहादुर महतारा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । तीनै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.