बेलौरी – कञ्चनपुर टि-20 क्रीकेट प्रतियोगिताको दोस्रो खेलमा मालिकार्जुन हार्डवेयर प्रा लि अत्तरिया २२४ रनले बिजयी भएको छ ।
मालिकार्जुन हार्डवेयर प्रालि अत्तरियाले बेलौरी नगरपालिका १० शिवनगरमा आयोजना भइरहेको क्रीकेट प्रतियोगिताको दोस्रो खेलमा आयोजक सिद्धेश्वर जय पृथ्वी क्लब ‘ए’ लाई २२४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मालिकार्जुन हार्डवेयर प्रालि अत्तरियाले २० ओभरमा ५ विकेट गुमाउदै २५९ रन बनाएको थियो ।
२६० रनको लक्ष्य पाएको आयोक ‘ए’ ले ११ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ३५ रन बनाएको थियो ।

मालिकार्जुनको तर्फबाट ब्याटिङ मा ५० रन र बलिङ गर्दै ३ ओभरमा १२ रन दिदै २ विकेट लिएका नरेन साउद ‘म्यान अफ द म्याच’ भएका थिए ।
भोलि दशैको टीका रहेकोले खेल खेलाइने छैन । २७ गते दुई खेल खेलाइने आयोजकले जनाएको छ ।
असोज २४ गतेदेखि कार्तिक ४ गतेसम्म सन्चालान हुने प्रतियोगितामा १६ टिम सहभागी छ्न ।
प्रतियोगिताको विजेता टिमले रु १ लाख र उपबिजेता टिमले ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ् ।त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी पाउने छ्न ।
प्रतेक खेलका म्यान अफ द म्याच हुने खेलाडीले नगद १ हजार सहित ट्रफी प्रदान गरिने छ।त्यस्तै बेस्ट ब्यटसम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने छ ।


















