
अत्तरिया – कञ्चनपुरको बेलौरी र कैलालीको भजनीबाट अवैध सामान बरामद गरिएको छ । बिहिबार भजनी नगरपालिका – ७ हिक्मतपुर घाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका चिनी र नमकिन लगायतका ४ हजार ६६० रुपैयाँ बराबरका सामान बरामद गरिएका छन ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका – ८ कलकत्ताबाट चिनी, बिडी, सुर्ती र डिउ लगायतका अन्दाजी १८ हजार १७० रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।




















