खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट एकैदिन ४८ जुवाडे पक्राउ

Image

अत्तरिया – कैलाली कञ्चनपुरबाट एकैदिन ४८ जुवाडे पक्राउ परेका छन । बुधबार कैलालीको गोदावरी, गौरीगंगा र कञ्चनपुरको कृष्णपुर र बेलौरीबाट ४८ जुवाडे पक्राउ परेका हुन ।

गोदावरी नगरपालिका – २ तेघरी सामुदायिक वनको जंगलबाट जगुराम चौधरी ४ जुवाडे पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुको साथबाट २२ हजार ९५५ रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको थियो ।
यस्तै कैलालीको गौरीगंगा नगरपालिकाबाट ८ जुवाडे पक्राउ परेका छन । बुधबार गौरीगंगा नगरपालिका – १ चौमाला बजार स्थित न्यु साउद होटलबाट ८ जुवाडे पक्राउ परेका हुन ।

attariya hospital
navjiwan hospital

गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चौमालाबाट खटीएको प्रहरी टोलीले टेक बहादुर बुढा, पदम बहादुर चन्द, राम बहादुर बुढा, चक्र भुल, टंक साउद, बड्डो भुल, बल बहादुर बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको साथबाट ८१ हजार ९४१ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका – ५ सोभाताल स्थित शंकर चौधरीले अधीया गरी बसेको चामु चौधरीको बाझो घरको कोठाबाट २७ जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका – ६ का जीवन चौधरी सहित २७ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ५२ हजार १२८ रुपैयाँ र ४ गड्डी तास बरामद गरिएको छ ।

कञ्चनपुरकै कृष्णपुर नगरपालिका – ४ किचाई स्थित प्रकाश ऐरको घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका – ५ का दिल बहादुर चौधरी सहित १० जना पक्राउ परेका छन । उनीहरुको साथबाट १ लाख २७ हजार ९७२ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।