
अत्तरिया – कैलालीको अत्तरियाबाट अवैध सामान बरामद गरिएको छ । मंगलबार गोदावरी नगरपालिका – १ महेन्द्रनगर रोडमा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका एक लाख ६० हजार ५५० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार स्टेसनरी र पर्दा कपडा समेतका मालसमानहरु बेवारिसे अवस्थामा फेला परेको छ । उक्त सामान आवश्यक कारवाहिका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरीले जनाएको छ ।

















