खाेज्नुहाेस

सुदूरपश्चिमको बजेट बहस : निजी क्षेत्रका कुरा, कति पुर कति अधुरा

Image
अत्तरिया – कैलालीको अत्तरियामा सुदूरपश्चिम सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट सम्बन्धमा बहस कार्यक्रम आयोजना गरिएको छ । नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, कैलाली चेम्बर अफ कमर्स र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा बहस कार्यक्रम आयोजना गरिएको हो । निजी क्षेत्रका कुरा कति पुर कति अधुरा शीर्षकमा गरिएको बहस कार्यक्रममा ४ वटा प्यानलमा अतिथिहरूलाई बोलाएर छलफल गरिएको थियो ।
attariya hospital
कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारले प्रदेश सरकारले ल्याएको बजेटका विषयमा प्यानल बनाएर छलफल भएको बताए । उनले यसअघि बजेट ल्याउँदा व्यवसायीहरू सँग पनि छलफल गरिएको भए पनि ती कुरा बजेटमा कति समेटिए या समेटिएनन् भन्ने बारेमा छलफल भएको बताए । उनले व्यवसायीहरूबाट आएका सुझाव सरकार सम्म पनि पुगोस् भन्ने उद्देश्यले छलफल आयोजना गरिएको बताए ।
समृद्ध सुदूरपश्चिम अभियानका अभियन्ता रवीन भट्टले निजी क्षेत्रका कुरा कति भए पुरा कति अधुरा भन्ने विषयमा अन्तरक्रिया गरिएको बताए । उनले अन्तरक्रियाका क्रममा उद्योगी, व्यवसायी, पर्यटन  व्यवसायीमा बजेटप्रति धेरै निराशा देखिएको बताए । सुदूरपश्चिमलाई पर्यटन क्षेत्रबाटै समृद्ध बनाउन सकिने भए पनि अहिलेको बजेट त्यसको विपरीत आएको बताए । कैलाली चेम्बरका पूर्व अध्यक्ष विनोद मल्लले ४ सेसनमा भएको छलफलमा सहभागी अधिकांश वक्ताहरूले बजेट अपेक्षित नआएको गुनासो गरेको बताए । उनले बजेट पर्यटन क्षेत्रको विकासका लागि एकदमै निराशाजनक रहेको प्रतिक्रिया सहभागीबाट आएको बताए । समग्रमा बजेटप्रति व्यवसायीहरू सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।
navjiwan hospital
प्यानल छलफलको पहिलो सेसनमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगवीर थापा, कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारी र कैलाली इँटा व्यवसायी संघबाट मनोज महत सहभागी थिए । उक्त सेसनको सहजिकरण पत्रकार वीरेन्द्र भट्टले गरेका थिए ।
दोस्रो सेसनमा कैलाली वितरक संघका अध्यक्ष शिद्ध राज पनेरु, नाटा सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंह र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव दत्त पाण्डेय वक्ताको रूपमा सहभागी थिए भने सेसनको सहजिकरण त्रिनयन नेपालका अध्यक्ष जय धामीले गरेका थिए ।
तेस्रो सेसनमा कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश राज भण्डारी, हार्डवेयर व्यवसाय  संघका पूर्व अध्यक्ष सुरेन्द्र राठी, कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्ट र बैंकर्स क्लब धनगढीका अध्यक्ष मुकुन्द भट्ट रहेको थिए । उक्त सेसनको सहजिकरण पत्रकार गोविन्द रोस्याराले गरेका थिए ।
यस्तै चौथो सेसनको वक्ताका रूपमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्र ऐर, होलसेल व्यवसायी संघ कैलालीका अध्यक्ष देवराज पाण्डेय र तरकारी तथा फलफूल संघ कैलालीका अध्यक्ष विनोद शाह रहेका थिए । उक्त सेसनको सहजिकरण रविन भट्टले गरेका थिए ।