बझाङ- बझाङमा बुधबार भूकम्प गएको छ । बिहान १० बजेर ८ मिनेट जाँदा खप्तडछान्ना गाउँपालिका३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको माझिगाउँ दक्षिणतर्फ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।