कैलाली- बझाङका एक बालक कञ्चनपुरबाट बेपत्ता भएका छन् । केदारस्यु गाउँपालिका-७ काडाचौरका मानसिंह धामीका १३ वर्षीय छोरा आयुष धामी कञ्चनपुरबाट बेपत्ता भएका हुन् ।

उनी मंगलबार साँझ कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिक डेरा गरी बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ । आयुष कञ्चनपुरको लिटल स्टारमा कक्षा ३ मा अध्यनरत छन् ।

उनलाई कसैले भेटाएमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सम्पर्क नम्बर ९८५८७५०९१७ मा फोन गरेर जानकारी गराई दिन आग्रह गरिएको छ ।

















