डोटी – डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन्। जोरायल गाउँपालिका–६ डाँडागाउँ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाई गणेशबहादुर जोराको हत्या गरेका हुन ।
सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाई गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहारबाट दाईको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कोदालो प्रहार गर्ने नरबहादुरलाई पक्राउ गरिसकेको जनाएको छ ।