बझाङको जयपृथ्वी राजमार्ग सुचारु

बझाङ- पहिरो खसेर अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग दुई दिनपछि सुचारु भएको हो ।

maya metro hospital

ठुलो पहिरोका कारण राजमार्ग खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीले बताए । उनले बिहीबार निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन नसकिएको बताए । शुक्रबार बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाएर यातायातका साधन चल्न सुरु भइसकेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.