
बझाङ- बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार छबिसपाथिभेरा गाउँपालिका-१ जालीबगरमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा जिल्लाबाट छुट्ने र भित्रिनी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
