बझाङ –बझाङको छबिसपाथिभेरामा पहिरो सँगै सेती नदीमा बगेका युवकको उद्धार गरिएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल स्थित घर मुनिबाट सेती नदिले घरको छाना सहित बगाएका ३६ वर्षीय करन गिरीको उद्धार गरिएको हो ।

गिरी बुधबार राती सुतिरहेको बेला पहिरो खस्दा घरसहित सेती नदीमा खसेका थिए ।
नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले घाइते अवस्थामा उद्धार गरेको स्थानीय लक्ष्मीराज गिरीले बताए ।
















