डोटी- डोटीमा सेती नदीमा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव शिखर नगपालिका–६ तलकोटका २८ वर्षीय कैलाश लुहारको रहेको प्रहरीले बताएको छ ।
बिहीबार दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा उनको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बिहान साढे ९ बजे फेला परेको शव दिउँसो साढे १२ बजेतिर नदीबाट निकालिएको हो ।