खाेज्नुहाेस

किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको किसान कृषि सहकारी संस्थाको नवौँ वार्षीक साधारण सभा सम्पन्न भएको छ । बिहिबार संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहेका थिए ।

navjiwan hospital

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि जोशीले सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्ने बताए ।

attariya hospital

साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ३० हजार ९ सय ४४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको जनाएको छ । संस्थाको कुल शेयर पूँजी ५० लाख ३ सय रुपैयाँ रहेको संस्थाकी प्रबन्धक सुना रोकायाले बताइन् । हाल संस्थामा २ हजार ६ जना शेयर सदस्यहरू रहेका छन ।