धनगढी – सुदूरपश्चिममा चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलनको फेरि सुरु भएको छ ।

प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि बिहिबार देखि कर सङ्कलनको कार्य सुरु भएको हो । बजेट नआउँदा साउन १ गते देखि कर संकलन कार्य रोकिएको थियो ।

बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
प्रदेश प्रमुख नजिर मियाँले अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरेपपछि कर संकलन सुरु भएको हो



















