काठमाडौँ- सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ४६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।