कञ्चनपुर– कञ्चनपुर होटल व्यवसायी संघको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन् । संघको शनिबार सम्पन्न २७ औँ वार्षिक साधारणसभा तथा १६ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट संघको प्रशासन उपाध्यक्षमा आत्माराम खनाल, पर्यटन उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा नवराज जोशी, सचिवमा डम्बरबहादुर खड्का, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन ।


सदस्यहरुमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धनबहादुर रावत, गौरव भट्ट, सञ्जयकुमार भट्ट, रमेशबहादुर रावल, तपेन्द्रकुमार रोकाया चयन भएका छन् ।

















