खाेज्नुहाेस

गोदावरी – १० का डम्बरको घर बनाउन कांग्रेस गोदावरीको सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० का डम्मर वि.क. को घर निर्माणका लागि नेपाली कांग्रेस गोदावरी नगरकार्यसमितिले सहयोग गरेको छ । शुक्रबार कार्यसमितिले डम्मरको घर निर्माणका लागि १ हजार ५ सय ईट्टा सहयोग गरेको हो ।

विपन्नलाई सहयोग गर्ने अभियान अन्र्तगत आर्थिक अवस्था एकदमै नाजुक भएका व्यक्तिहरुलाई सहयोग गरिरहेको नगरकार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । उनले आर्थिक अभावका कारण घरबार समेत नभएका डम्मरका बारेमा उक्त वडाका कार्यवाहक वडाध्यक्ष शेर बहादुर तामाङ्गले जानकारी दिएको र उनकै आग्रहमा समितिले सहयोग गरेको बताए । उनले डम्मरको घर निर्माणका लागि ईट्टा दिने मात्रै नभई तत्काल खाद्यान्नका लागि केही रकम पनि सहयोग गरेको बताए ।

attariya hospital
navjiwan hospital

घर बनाउनका लागि जमिननै नभएका डम्मरलाई स्थानियहरुले घरबासका लागि थोरै जमिन दिएका छन । उक्त जमिनमा चारैतिर खुल्ला भएको टिनको छानो मात्रै छ । जसमा डम्मरको परिवार बस्दै आएको छ ।

उक्त टिनको छानो पनि गत वर्ष वडा कार्यालयले डम्मरका लागि बनाईदिएको थियो । डम्मरको अवस्था थाहा पाएपछि तत्कालका लागि १६ थान टिन वडा कार्यालयबाट उपलब्ध गराएर छानो निर्माण गरिदिएको कार्यवाहक वडाध्यक्ष तामाङ्गले बताए । त्यसअघि अर्काको घरमा बास बस्दै आएका उनिहरुको परिवारमा कमाउने कोही छैन ।

६० कटेका डम्मरसँगै उनको श्रीमती र बुढी आमा सो टिनको छानामा बस्दै आएका छन । सरकारले प्रदान गर्ने भत्ताबाफतको रकमबाट दैनिकि चलाउदै आएका डम्मरको परिवार खुल्ला टिनको छानो मुनि रात कटाउन बाध्य छ ।