अत्तरिया- कैलालीमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका श्रृंगार लगायतका सामानहरु फेला परेका छन् ।

बिहीबार धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा र भजनी नगरपालिका-५ रणनगर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५४ हजार ७३० मूल्यको सामान बेवारिसे अवस्थामा फेला परेको हो ।

सुट, चुरा, लिपिस्टिक, कुमकुम सिन्दुर लगायत श्रृंगारका सामानहरु, चप्पल र रासायनिक मल समेत जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।


















