अत्तरिया – प्रहरीले कैलालीको टीकापुर र कञ्चनपुरको शुक्लाफाटाबाट अवैध भन्सार छलिको सामान बरामद गरेको छ । आइतबार टीकापुर नगरपालिका – ९ ठोसेबजार स्थित भित्री सडक खण्डमा प्रहरीले अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएको ८८ हजार ५६० रुपैयाँका सामान बरामद गरेको छ ।

जस अन्तरगत आलु, फेस्ल स्ल्फेट जिङक र प्याज, लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


यस्तै प्रहरीले शुक्लाफाटा नगरपालिका – १२ कालागौडी बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १० हजार ५ सय मुल्य बराबरका सामान बरामद गरेको छ । जसमा प्लास्टिकको डोरी , बिडी , सलाई लगायतका सामानहरु रहेको प्रहरीको भनाइ छ ।
















