खाेज्नुहाेस

धनगढीमा एक युवती घरभित्रै मृत फेला

Image
navjiwan hospital

धनगढी- धनगढीमा एक विवाहित युवती घरभित्रै मृत फेला भेटिएकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीकी २३ वर्षीया श्रीमती राधिका चौधरी मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार राधिका मृत भेटिएको कुरा उनका आफन्तहरुले नै खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital