बाजुरा – पहिरोले बाजुराको गौमूल गाउँपालिका– २ रनेडाका ५ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । मंगलबार रातिको भारी वर्षाका कारण आएको पहिरोले ५ घर विस्थापित भएका हुन । प

हिरोका कारण ७ घर जोखिममा परेको वडासदस्य प्रेमबहादुर रोकायाले बताए । रोकायाका अनुसार स्थानीय सालिभान रोकाया, मिहेन्द्रे रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको घरपरिवार विस्थापित भएका छन ।

विस्थापित परिवारलाई वडाबाट त्रिपाल उपलब्ध गरी सुरक्षित स्थानमा बसालिएको वडाध्यक्ष देवबहादुर रोकायाले जानकारी दिए । अन्य उच्च जोखिममा रहेका घरपरिवारलाई पनि सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले बताए ।
















