खाेज्नुहाेस

दोधरा चाँदनी मोटरसाइकल दुर्घटना मृतक र घाइतेको पहिचान खुल्यो

Image
कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनीमा मोटरसाइकल दुर्घटना मृत्यु भएका र घाइते भएकाहरूको पहिचान खुलेको छ । दोधरा चाँदनी नगरपालिका–४ चाँदनीमा मोटरसाइकल दुर्घटना मृत्यु भएका युवक दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजका २४ वर्षीय सुरज सुनार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
attariya hospital
navjiwan hospital
सोही दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते हुनेमा सोही ठाउँका ४५ वर्षीय गोपाल सुनार रहेका छन् । घाइते सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बिहान ३ बजे युके ०६ बिएच ४८७५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किएको थियो ।

सम्बन्धीत समाचार : कञ्चनपुरमा भारतीय नम्बरका मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु