काठमाडौँ- सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
