टीकापुर – कैलालीको टीकापुर नगरपालिकामा दोस्रो पटक आगलागी भएको छ । आइतबार पालिका भवनको दोश्रो तलामा रहेको विद्युत बोर्डमा सर्ट भएर आगलागी भएको हो । यसअघि असार २६ गते पनि कार्यालयको भुइँतलाको विद्युत बोर्डमा आगलागी भएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले कार्यालयमा विद्युत लोड बढ्दा धान्न नसकेर आगलागी भएको हुन सक्ने बताए ।

कार्यालयमा एकपछि अर्को पटक विद्युतका बोर्डहरुमा आगलागी हुन थालेपछि सेवा प्रवाह समेत प्रभावित भएको छ ।
दोश्रो तलामा आर्थिक प्रशासन शाखा, शिक्षा शाखा, भवन तथा शहरीकरण शाखा, योजना शाखा र आर्थिक विकास शाखा छन् ।

















