खाेज्नुहाेस

बाजुरामा विपन्न तथा हिंसा पीडित महिलाहरुलाई होजियारी तालिम

Image

बाजुरा- बाजुरामा विपन्न तथा हिंसा पीडित महिलाहरुलाई होजियारी तालिम दिइएको छ । जिल्लाको बुढीगंगा नगरपालिका भित्रका हिंसा पीडित, एकल, एचआईभी संक्रमित तथा विपन्न महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले हाते होजियारी तालिम दिइएको हो ।

navjiwan hospital

नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मका १५ जना आर्थिक रुपमा विपन्न पीडित महिलाहरुलाई एक महिने हाते होजियारी तालिम दिइएको बुढीगंगाकी नगर उपप्रमुख माया खड्का कुवरले बताइन् ।

attariya hospital

उपप्रमुख लक्षित कार्याक्रम अन्तर्गत हाते होजियारी तालिममा सहभागीहरुलाई गलैचा, स्विटर, टोपी, मोजा लगायतका लुगा कपडा बुन्न सिकाइएको छ । नगर उपप्रमुख खड्काले तालिममा सहभागीहरुको क्षमता हेरेर नगरपालिकाले सामग्री अनुदानमा आर्थिक सहयोग गर्ने नीति लिएको बताइन् ।

उनले महिलाहरू तालिमपछि गाउँघरमै बसेर आफ्नो सीपको प्रयोग गरी लुगा कपडा बुन्न सक्ने बताउँदै बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताइन् ।