
अत्तरिया- धनगढीमा ३ लाख बढीको चप्पल र प्रेसर कुकरको रबर फेला परेको छ । कैलाली प्रहरीले आइतबार दिउँसो अन्दाजी ३ लाख १० हजार २५० मूल्यको सेन्डिल चप्पल र प्रेसर कुकरको रबर बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताएको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि भारतबाट भन्सार छली ल्याएको उक्त मूल्यको चप्पल र प्रेसर कुकरको रबर फेला पारी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

















